कम्पनीको कागजातमा सहि छाप गर्दा ध्यान दिनु पर्ने कुराहरु ।

सबैभन्दा पहिले कागजात राम्रो सँग हेर्नुहाला, त्रुटि भए जानकारी गराउनुहोला।

सबै कागजातहरु १/१ प्रति प्रीन्ट गराउनु होला।

निवेदनमा अध्यक्षको  हस्ताक्षर गर्ने ठाउँमा सही र दस्तखतको छेउ तिर कम्पनीको छाप लगाउनुहोला।

४  

माइनुटमा, सञ्चालकको नामावली रहेको दस्तखत Column मा सही गरी माइनुटको पुच्छारमा समेत सबै सञ्चालकहरुले सही गरी कम्पनीको छाप लगाउनुहोला।

शेयर लगत तथा लगानी श्रोतको फारममा (प्रमाणित गर्नेको : ) लेखिएको छेउमा सही गरी सोही पानाको दायाँ पट्टीको खाली भागमा कम्पनीको छाप लगाउनुहोला।

संशोधित नियामावली, प्रबन्धपत्र तथा तीन महलेको तल पट्टीको खाली भागमा सबै सञ्चालकहरुले सही गरी कम्पनीको छाप लगाउनुहोला।