निकायको सम्बन्धमा करका दरहरु (D3 Related) (आयकर ऐन–२०५८ को अनुसूची–१, दफा –२ सँग सम्बन्धित) (आर्थिक ऐन–२०७८ को संसोधन सहित)
खण्ड | कारोवारको प्रकृति | करको दर (कर योग्य आयमा) |
(क) | साधारण व्यवसाय, (साझेदारी फर्म, प्रा. लि.) | २५ % |
(ख) | बैङ्क, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पानमसला, मदिरा, बियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय | ३० % |
(ग) | विशेष उद्योग (Manufacturing, Agro-forest Industries, Mining Industries etc) तथा पर्यटन उद्योग | २० % |