अग्रिम रुपमा दाखिला गर्नु पर्ने आयकर

अग्रिम रुपमा दाखिला गर्नु पर्ने आयकर सम्बन्धी व्यवस्था। (आयकर ऐन–२०५८, दफा–९४) (आर्थिक ऐन–२०७ को संसोधन सहित)

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम निम्न किस्ताबन्दीमा कर दाखिला गर्नु पर्नेछ – (D3  सँग सम्बन्धित)

क्र.सं

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने रकम

1

पौष महिनाको अन्त्य सम्म

तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ४० %

2

चैत्र महिनाको अन्त्य सम्म

तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको ७० %

3

आषाढ महिनाको अन्त्य सम्म

तिरिसकेको करभन्दा बढी हुन आउने अनुमानित करको १०० %


कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ –  (D2  सँग सम्बन्धित)

 

क्र.सं

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने रकम

1

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर

2

आषाढ महिनाको अन्त्य सम्म

असार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।


नोट – करयोग्य आय ७,५०० रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्ने छैन ।