कम्पनी दर्ताको कागजातमा सहि छाप गर्दा ध्यान दिनु पर्ने कुराहरु ।

1

सबैभन्दा पहिले कागजात राम्रो सँग हेर्नुहाला, त्रुटि भए जानकारी गराउनुहोला।

2

संस्थापना गरी पाउँ भन्ने निवेदन र अख्तियारनामा १/१ प्रति प्रीन्ट गराउनु होला।

3

प्रवन्ध पत्र २ प्रति तथा नियमावली २ प्रति प्रीन्ट गर्नु होला। 

4

निवेदन र अख्तियारनामामा दस्तखत लेखेको ठाउँमा सही र दा. बा. लेखेको ठाउँमा दुबै हातको बुढी औलाका ल्याप्चे लगाउनुहोला।

5

प्रबन्ध पत्र र नियमावलीको पहिलो पानाको पुछारमा र अन्य सबै पानाको शिर पुछारमा सही गरी अन्तिम पानाको कोठामा शेयरधनीको दस्तखत लेखेको ठाउँमा सही र दा.वा. लेखेको ठाउँमा ल्याप्चे लगाउनु होला।

6

सही र ल्याप्चेमा कालो मसीको प्रयोग गर्नुहोला।

7

सबै सक्कल कागजहरु र नेटरी गरिएको नागरिक्ता– १ समावेश गर्नुहोला।